गोरखाबाट १५ मेट्रिक टन अलैँची निर्यात
गोरखा, १३ माघ । यस जिल्लामा उत्पादन भएको अलैँचीमध्ये १५ मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको छ ।
पच्चीस मेट्रिक टन अलैँची उत्पादन भएकामा यहाँबाट अहिलेसम्म १५ मेट्रिक टन निर्यात भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
“किसानले प्रतिकेजी रु दुई हजार ६०० देखि रु तीन हजारसम्ममा अलैँची बेचे,” जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत विष्णुकुमार श्रेष्ठले भन्नुभयो – “फल्नेबित्तिकै अलैँची बेचेका किसानले पनि प्रतिकेजी रु दुई हजार घटाएर बेचेका छैनन् ।”
व्यापारीले किसानको घरैमा पुगेर अलैँची किनेको जानकारी दिँदै उहाँले गोरखाको अलैँची झापा निर्यात हुँदै आएको बताउनुभयो ।
कार्यालयका अनुसार यस वर्ष अलैँचीको उत्पादन बढेको छ । रोग किराको सङ्क्रमण नभएको र फूल फुल्ने बेलामा वर्षा भएकाले अलैँचीको उत्पादन गत वर्षभन्दा बढेको अधिकृत श्रेष्ठले बताउनुभयो ।
जिल्लाको हंशपुर, खरिबोट, थालाजुङलगायत गाविसलाई कार्यालयले अलैँची उत्पादनको पकेट क्षेत्र मान्दै आएको छ । त्यस क्षेत्रका किसानले खेर गएको भिरालो जमिन, खेतबारीमा अन्य खेती मासेर अलैँचीको व्यावसायिक खेती गर्दै आएका छन् ।
“पन्ध्र मेट्रिक टन अलैँची निर्यातपछि जिल्लामा रु तीन करोड ९० लाख आम्दानी भित्रियो,” श्रेष्ठले भन्नुभयो, “अझै १० मेट्रिक टन अलैँची निर्यात हुन बाँकी छ ।”
गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादन बढेको थालाजुङका किसान धनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “दाना धेरै फल्यो । उत्पादन बढ्यो । आम्दानी धेरै पाएँ ।” गत वर्ष रु ७० हजारको अलैँची बेचेका गुरुङले यस वर्ष रु एक लाख ८० हजारको अलैँची बेचेको बताउनुभयो ।
जिल्लाको करिब एक हेक्टर क्षेत्रफलमा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । राम शाह, डम्मर शाही, जिर्मले, साउने जातका अलैँची खेती हुँदै आएको गोरखामा अलैँची खेती विस्तारका लागि किसानसँग मिलेर कार्यालयले नर्सरी स्थापना गरेको छ ।
थालाजुङको दुई ठाउँ, हंशपुर, माछाखोला र घ्यालचोकमा अलैँचीको बिरुवा तयार गर्ने नर्सरी तयार गरेको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया