दोदा नदीमा पुल नहुँदा आवतजावतमा समस्या
बेलौरी (कञ्चनपुर), १३ माघ । जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका–७ भकुण्डामा पक्की पुल नहुँदा आवतजावतमा समस्या परेको छ ।
बेलौरी–बाइसेविचुवा जोड्ने सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल नहुँदा उक्त क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा समस्या परेको हो । बेलौरी बजारदेखि उत्तरी क्षेत्र पाँच किलोमिटर टाढा रहेको उक्त नदीमा पक्की पुल नभएका कारण सो क्षेत्रका विद्यार्थीसमेत मर्कामा परेका छन् ।
शङ्करपुर, बाइसेविचुवाबाट बेलौरीका विद्यालय तथा क्याम्पस पढ्न आउने विद्यार्थीसमेत मर्कामा परेका छन् । नदीकै कारण उनीहरुले बीचमै विद्यालय छोड्नु परेको बाध्यता पनि छ । बाइसेविचुवाबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अध्ययनरत करन रानाले नदीमा पुलै नभएका कारण पढाइमा समेत प्रभाव परेको बताए । उनले भने–“बर्सातका बेला नदी तर्न सकिँदैन, हिउँदमा मात्रै क्याम्पस आउने गरेको छुँ ।”
बर्सातका समयमा नदीको सतह बढ्दै गएपछि आवतजावतसमेत ठप्प हुने गरेको स्थानीयवासीको भनाइ छ ।
उक्त दुई गाविसका स्थानीयवासीलाई बेलौरी बजारलगायत भारतीय खजुरिया बजारमा दैनिक उपभोग्य कृषि सामान खरिदका लागिसमेत आउने गर्दछन् । तर पुल नभएका कारण सो क्षेत्रका स्थानीयवासी समस्यामा परेका छन् । गाउँमा बिरामी पर्दा उपचारका लागिसमेत निकै समस्या पर्ने गरेको शङ्करपुरका स्थानीयवासी पदम रानाको भनाइ छ । “घरमा बिरामी भएपछि मर्नुको विकल्प छैन”–उनले भने ।
उक्त क्षेत्रका स्थानीयवासीले भकुण्डामा पक्की पुल निर्माण गर्नसमेत माग गरेका छन् । बजेट नभएका कारण उक्त स्थानमा पक्की पुल निर्माण गर्न नसकिएको बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताउनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया