भारतीय प्रधानमन्त्री आफ्नै नाम छापिएको सुट लगाउँदा हाँसोमा
नयाँ दिल्ली, १२ माघ । भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा प्राप्त गर्नुभएको थियो । यसपटक उहाँले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा उहाँ हाँसोको पात्र बन्नुभएको छ ।
भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उहाँकै नाम छापिएको धर्के सुट लगाउनुभएको थियो । उहाँले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिनुभएको देखिएको छ ।
प्रधानमन्त्री मोदीले उक्त वार्ताका समयमा सोमबार उनको धर्केदार सुट लगाउनुभएको थियो । उक्त सुटमा स्पष्ट देखिने गुलाबी अक्षरका धर्का थिए र ती धर्कामा नरेन्द्र दामोदरदास मोदी भनी अङ्ग्रेजी अक्षर छापिएका थिए । उक्त सुटलाई क्यामराले नजिकबाट देखाउँदा मात्र ती नाम देखिएका हुन् ।
क्यामराले ठूलो बनाएर देखाइएको उक्त चित्र इन्टरनेटमा व्यापक रुपमा प्रसारण भयो । उक्त चित्रको सामाजिक सञ्जालका प्रयोगकर्ताले मोदीसुटको नाममा निकै हाँसो उडाएका छन् ।
एक टिप्पणीकर्ताले ट्विटमा उक्त सुटलाई मुर्खतापूर्ण सुटको नाम दिएका छन् । उनले प्रधानमन्त्री अरुले आफ्नो लुगा चोरिदिन्छन् भनी डराएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपतिलाई कुर्तामा स्वागत गर्नुभएको थियो । यस सुटले पनि अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको थिएन ।
राष्ट्रपति ओबामाले साँझको भोजमा मोदीको लुगा लगाउने कुराको प्रशंसा गर्नुभएको थियो । उहाँले आफूले पनि कुर्ता लगाउने विषयमा विचार गरेको बताउनुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी मात्रै आफ्नो नाम भएको लुगा लगाउने पहिला नेता भने होइनन् । सन् २०११ मा इजिप्टका पूर्व नेता होसनी मुबारकले पनि यस्तै साना अक्षरले लेखिएको धर्का भएका र उक्त अक्षरबाट आफ्नै नाम लेखिएको सुट लगाएर फोटो खिचाउनुभएको थियो । रासस/एएफपी
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया