वार्तासँगै प्रक्रियालाई अघि बढाउने काँग्रेस एमालेको निर्णय
काठमाडौँ, १२ माघ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको दुई दलको बैठकले संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ ।
संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे दुबै दलले भोलि संविधान निर्माणमा सहभागी अन्य दलहरुसँग पुनः छलफल गरी निर्णय लिइने काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
“दुई दलको बैठकले आज कुनै ठोस निर्णय गरेको छैन, सहमतिको ढोका खुल्ला राख्ने र प्रक्रियालाई निरन्तर अघि बढाएर संविधान चाँडो जारी गर्नेबारे कुराकानी भएको छ, भोलि थप छलफल गरी निर्णय हुन्छ,” उहाँले भन्नुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया