तीस दलीय गठबन्धनद्वारा सङ्घर्ष घोषणा
इनेप्लिज
२०७१ माघ १२ गते १६:३२ मा प्रकाशित
काठमाडौँ, १२ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्तारुढ दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्षको घोषणा गरेको छ ।
संविधानसभाभित्र रहेका १९ दल र बाहिरका ११ दलको आज बसेको संयुक्त बैठकले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।
गठबन्धनले भण्डाफोर तथा खबरदारी अभियान चलाउने तथा जिल्लास्तरीय धर्ना, घेराउ, जनप्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।
मोर्चाका घटक नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सत्तारुढ दलले विपक्षीलाई बेवास्ता गरी पेलेर प्रक्रिया अघि बढेकाले ३० दलीय गठबन्धन बाध्य भएर सङ्घर्षमा जानुपरेको बताउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया