प्रश्नावली समितिको बैठक १७ गते बस्ने
काठमाडौँ, १२ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको बैठक यही माघ १७ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।
एकीकृत नेकपा माओवादीलगायतका विपक्षी दलको विरोधका बीचमा सभाध्यक्ष नेम्वाङले आइतबार बसेको संविधानसभाको बैठकमा सो समिति गठनको प्रस्ताव गर्नुभएको थियो ।
कूल ७३ सदस्यीय सो समितिमा हाल नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, परिवार दल, बहुजनशक्ति पार्टीलगायत दुई स्वतन्त्र सभासद् रहेका छन् । आइतबार ४९ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्य विपक्षी दलका लागि राखिएको छ ।
संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयमा प्रश्नावली निर्माण गर्ने जिम्मा सो समितिलाई दिइएको छ । समितिको बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । समितिले विवादित विषयमा प्रश्नावली बनाउन पाँच दिनको समय पाएको छ ।
संविधानसभामा विपक्षी दलले लगातार अवरोध गरेपछि सभाध्यक्ष नेम्वाङले आइतबार आफैँ प्रश्नावली समितिको घोषणा गर्नुभएको थियो । आज सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘विवादित विषयमा प्रश्नावली बनाइए पनि सहमति गर्न सक्ने ठाउँ र समय रहेको छ ।’’
एमाओवादीलगायतका विपक्षी दलले आफूलाई सहमतिका लागि १० दिनको समय मागेको भएपनि आफूले ११ दिन समय दिएको जानकारी गराउँदै सभाध्यक्ष नेम्वाङले सबै दलको सहमतिमा नै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले द्वन्द्व बढाएर नहुने, सहमतिमा नै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै आवेग र उत्तेजनाले काम नगर्ने धारणा राख्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया