विपक्षी दललाई समेटेर अघि बढ्न राष्ट्रपतिको आग्रह
काठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई सकेसम्म समेटेर संविधान निर्माण कार्य अघि बढाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति डा यादवलाई भेट्न आज शीतलनिवास पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलहरुलाई सँगै लिएर जान आग्रह गर्नुभएको हो ।
“राष्ट्रपतिसमक्ष अध्यक्ष ओलीले समसामयिक परिस्थितिबारे जानकारी गराउनुभयो । जवाफमा राष्ट्रपतिले संविधान निर्माणको दिशामा अघि बढ्नुस्, संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई समेटेर लैजाने प्रयास गर्नुस् भन्नुभयो”– भेटमा सहभागी एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले रासससँग भन्नुभयो ।
भेटमा एमाले अध्यक्ष ओलीले एमाओवादीको संविधान निर्माणप्रति नियतमा शङ्का रहेको बताउँदै एमाओवादीलगायतका दललाई सहमतिमा ल्याउने प्रयास गरिने बताउनुभएको थियो ।
राष्ट्रपतिलाई भेट्न अध्यक्ष ओलीसहित उपाध्यक्ष भण्डारी र महासचिव ईश्वर पोखरेल शीतलनिवास पुग्नुभएको थियो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया