राष्ट्रिय लिग फुटबलः लुम्बिनी विजयी
काठमाडौँ, १२ माघ । लुम्बिनी फुटबल क्लबले नेपाल प्रहरी क्लबलाई आज पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा लुम्बिनीले प्रहरीलाई १–० गोल अन्तरले पराजित गरी प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लुम्बिनीका लागि अमिर श्रेष्ठले गोल गरे । उनले खेलको ८५ औँ मिनेटमा गरेको एक गोल नै लुम्बिनीका लागि निर्णायक गोल साबित भयो ।
विभागीय टोली प्रहरी खेलको ८५ औँ मिनेटलाई जोगाउन नसक्दा मोफसलको टोलीसँग पराजय भोग्न बाध्य बन्यो । यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले सुदूरपश्चिमाञ्चल फुटलब क्लबलाई पराजित गरेको तथा दोस्रो खेलमा थ्रिस्टार क्लबले मोरङ फुटबल क्लबलाई पाखा लगाउँदै विजयी भएको थियो । जितसँगै मनाङ र थ्रिस्टारको समान तीन तीन अङ्क छ ।
अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको सो प्रतियोगितामा ए डिभिजनका पाँच तथा मोफसलका चार टोली प्रतिस्पर्धामा छन् । प्रतियोगितामा उपाधि जित्ने टोलीले रु एक करोड प्राप्त गर्नेछ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया