अझै सहमतिको सम्भावना छः अध्यक्ष ओली
काठमाडौँ, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रक्रियाबाट आफूहरु संविधान जारी गर्न पक्षमा रहेको बताउनुभएको छ ।
संविधानसभाको बैठक लगत्तै संविधानसभा भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले सहमतिको प्रयासलाई कायमै राखी सर्मथन गर्नेको सङ्ख्या अधिक बनाउने प्रयास गरिने उल्लेख गर्नुभयो ।
संविधानसभाभन्दा बाहिर रहेका शक्तिलाई पनि समेटेर लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ‘‘संविधानसभामार्फत विश्वमा कुनै पनि संविधान पूर्ण सहमतिका आधारमा बनेको छैन । सहमतिको परिभाषा भनेको आफूले भनेको हुँदा हुने, नहुँदा नहुने भन्ने होइन ।’’
विधि, नियम, कानुनलाई आत्मसात् गरिसकेपछि त्यसलाई मान्दिन भन्नु लोकतन्त्रको मूल मान्यताविपरीत भएको जिकिर गर्दै उहाँले अझै पनि केही नबिगे्रकाले संविधान निर्माण प्रक्रियामा आउन एमाओवादीलगायतका दललाई आग्रह गर्नुभयो ।
संविधानसभालाई सहमतिको नाममा बन्धक बनाउन नहुने भएकाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नियमअनुसार नै प्रक्रिया सुरु गर्नुभएको अध्यक्ष ओलीको भनाइ छ ।
संविधानको नाममा विगत सात वर्षदेखि मुलुक राजनीतिक सङ्क्रमणमा फसेको उल्लेख गर्दै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार अब संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली काँग्रेस र नेकपा एमालेले प्रस्ताव गरेको नौ बुँदे अवधारणा केही अपुरो र अधुरो रहेकाले त्यसलाई सच्याएर पूर्ण बनाउँदै संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पु¥याइने बताउनुभयो ।
नेपालमा लोकतन्त्रको लडाइँ लड्दै अगाडि बढ्ने क्रममा समावेशी लोकतन्त्रमा आइपुगेको बताउँदै उहाँले त्यसबाट पछाडि हट्न नसकिने स्पष्ट पार्नुभयो ।
कुनै एउटा खास समुदाय, वर्ग विशेष मात्रै प्रतिनिधित्व हुने अवस्था लोकतन्त्रमा हुन नसक्ने भन्दै वरिष्ठ नेता खनालले मुलुकमा रहेका १२५ वटै जातजातिलाई अधिकार सम्पन्न बनाइने धारणा राख्नुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया