पुरानो रिसइवी साँध्न ज्वाइँले ससुराको हत्या गरेको खुलासा
दमक, ११ माघ । दुई दिनअघि झापाको गौरादहमा ज्वाइँले ससुराको हत्या गरेको खुल्न आएको छ ।
पुरानो रिसइवीका कारण ससुरालाई ढुङ्गाले हानेर मारेको घटनाका आरोपित ज्वाँइ लखनपुर–७ का २१ वर्षीय बिमल ऋषिदेवले स्वीकार गरेका छन् ।
आज इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानपछि सो घटनाबारे त्यस्तो रहस्य सार्वजनिक गरेको हो । आरोपित ऋषिदेवले नातामा ससुरा पर्ने झापाको लखनपुर–१ का ४० वर्षीय बिर्जा सहनीको माछा मार्न जाँदा गौरादह–७ को किस्ने खोलामा गत शुक्रबार दिउँसो हत्या गरेका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिनुभयो ।
प्रनि सिलवालका अनुसार हत्या गरिनु एक दिनअघि नै जुरोपानीको एक पुलको काममा मजदूरी गर्न दुवै सँगै गएका थिए । ढुङ्गा प्रहारपछि सख्त घाइते भएका सहनीको दमक अस्पतालमा उपचारका क्रममा सोही दिन ज्यान गएको थियो ।
शुक्रबार स्थानीय एक पसलमा दुवैले अत्यधिक मदिरा खाएर माछा मार्न नजिकै जाँदा ऋषिदेवले पुरानो रिसइवी साँधेर हत्या गरेको प्रहरीको वयानमा उनले स्वीकार गरेका उहाँले जानकारी दिनुभयो । घटना विवरणअनुसार ऋषिदेवले उनकी कान्छी छोरी अनितालाई ६ वर्ष पहिले विहे गरेपनि ज्वाइँ तल्लो जाति भनेर हेला गर्दै आएका थिए । सहनीले एक वर्षदेखि छोरीलाई माइतमा राख्दै आएका थिए ।
घटनामा ज्वाइँ तल्लो जात भएर ससुराले पटकपटक आफू र परिवारलाई अनावश्यक आक्रमण गरेपछि त्यो रिसइवीका कारण हत्या गरेको खुल्न आएको इप्रका दमकका प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो ।
प्रहरीले आरोपितलाई आज नै म्याद थप गरी कर्तव्यज्यानसम्बन्धी मुद्दा चलाएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया