मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १०:५८
वासिङटन डिसी 00:13

समाजको आर्थिक सम्वृद्धिले देश विकासः गर्भनर खतिवडा

इनेप्लिज २०७१ माघ १० गते १६:११ मा प्रकाशित

YUBRAJ-KHATIWADAभीमदत्तनगर, १० माघ । नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडाले निम्न तथा मध्यम आय भएका परिवारको आर्थिक स्थिति मजबुद पार्नुपर्ने बताउनुभएको छ ।

आज कञ्चनपुरको गुलरियामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान बनेर मात्रै देशको विकास हुन सक्दैन, सामाजिक कार्यसँगै आर्थिक क्रियाकलाप सञ्चालन हुन सक्यो भने मात्र समाज रुपान्तरण हुनसक्दछ भन्नुभयो ।

गर्भनर खतिवडाले बैंक तथा वित्तीय संस्थाको ग्रामीण क्षेत्रसम्म विस्तार धितो बिनाका क्रण कार्यक्रम अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।

सरकारले गरिब जनताको आर्थिक विकासका लागि सजिलै ऋण उपलब्ध गराउन सक्नु ठूलो कुरा रहेको बताउँदै उहाँले ब्याजको डरले ऋण लिई व्यवसाय गर्नु हुँदैन भन्ने मानसिकता हटाई सबैले ऋण लिई समयमै ब्याज तिरी सबैले स्वावलम्बन बन्नुपर्ने धारणा राख्नुभयो ।

देशको आर्थिक विकासका लागि कृषिमा लघु उद्यम तथा व्यवसाय सञ्चालन गर्ने कृषकका लागि हाटबजार र सूचनाको पहुँचको व्यवस्था गर्नसके कृषकको उन्नति हुने उहाँको भनाइ थियो ।

किसानलाई सहकारी हस्तान्तरण
कञ्चनपुरको कृष्णपुर र रैकवार बिचवा गाविसका किसानलाई आज सहकारी हस्तान्तरण गरिएको छ ।

करिब डेढ वर्षदेखि साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटा कैलालीअन्तर्गत सञ्चालन भइरहेका साना कृषि सहकारी संस्था लिमिटेड कृष्णपुर रैकवार विचवाका शाखा एक कार्यक्रमकाबीच सोही ठाउँका किसानलाई हस्तान्तरण गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटाले २०७० असार १ गते कृष्णपुर र रैकवार बिचुवाका कृषकलाई समेटी स्थापना गरेका शाखा परिपक्व भएसँगै अनुसरण व्यवस्थापन हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडाले कृष्णपुर र रैकवार बिचवाको सहकारी संस्थाका अध्यक्षलाई परिपक्वताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

योसँगै अहिलेसम्म साना किसान कृषि सहकारी संस्था गेटाको अधिनमा रही आर्थिक कारोबार गरिरहेका सहकारीले अब सिधै साना किसान विकास बैंकसित कारोबार गर्न पाउने भएका छन् ।

कृषि सहकारीकै सेयरबाट सञ्चालित किसान विकास बैंकसंँग सिधै कारोबार गर्नका लागि सहकारीले रु ३० लाखभन्दा बढीको कारोबार, ५०० भन्दा बढी सदस्य, रु १० लाखभन्दा बढी निक्षेप सङ्कलन गर्नुपर्ने नियम रहेको छ ।

कृष्णपुर र रैकवार बिचवाको सहकारीले यो मापदण्ड पूरा गरिसकेकाले प्रवद्र्धक संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटाले प्रवद्र्धित संस्थालाई व्यवस्थापन तथा अनुसरण हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया