हिरा चोरीको आरोपमा प्रहरी एक बालिकाको खोजीमा
हङकङ, १० माघ । हङकङका प्रहरीले उनीहरू १२ वा १४ वर्षकी एक बालिकाको खोजीमा रहेको बताएका छन् । उनीहरूले यी बालिकाले तीन करोड ६० लाख हङकङ डलर अर्थात ४६ लाख अमेरिकी डलर बराबरको हिराको हार एक विलासी गहना पसलबाट चोरी गरेको उनीहरूको आरोप छ ।
प्रहरीले यी बालिकाले दुई महिला तथा एक पुरुषलाई उक्त हिराको हार चोर्न सघाएको जानकारी दिएको छ । यी चोरको उमेर ३० देखि ४० वर्ष रहेको बताइएको छ ।
यी वयस्क व्यक्तिले ग्राहकको रूपमा उक्त पसलमा पसेको र उनीहरूले गहनाहरू छनौट गर्न थालेको र यसबीच यी बालिकाले उक्त पसलबाट उक्त हार चोरेको जानकारी दिइएको छ ।
यसपछि यी चारै व्यक्ति उक्त पसलबाट बाहिरिएको र त्यसपछि मात्र त्यहाँका कर्मचारीले उक्त हिराको हार चोरी भएको थाहा पाएको बताइएको छ ।
उक्त हिराको हार १०० क्यारेटको सुनको भएको र त्यसमा ३० हिरा जडान भएको साउथ चाइना मर्निङ पोस्टले जानकारी दिएको छ । प्रहरीले उक्त हारको मूल्य तीन करोड ६० लाख हङकङ डलर भएको पुष्टि गरेको छ ।
यी बालिकाले एक घर्राबाट उक्त हिरा भएको दराजको साँचो चोर्न भ्याएकी थिइन । उनको यो कामलाई कर्मचारीले थाहा पाउन नसकेको उक्त पत्रिकाले एक प्रहरीलाई उद्धरण गरी जानकारी दिएको छ ।
यी तीनै वयस्कले आफूलाई निकै खर्चने व्यक्म्ति भएको देखाएका, उनीहरूले गहना पसलका कर्मचारीलाई गहना देखाउन भनेको र यसबाट कर्मचारीको ध्यान अन्यत्र गएको बताइएको छ ।
स्थानीय समाचारमा उक्त चोरी सिम सा सुई बजार जिल्लाको इम्पेरर ज्वेलरीमा भएको उल्लेख गरिएको छ । उक्त पसलहरूले भने आफूबाट उक्त चोरी भएको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
उक्त बालिकालाई सीसीटीभीमा पसल छोड्दाको अवस्थामा देखाइएको छ । उक्त चित्रमा बालिकाले कालो पाइजामा, तथा निलो कमिज लगाएको उक्त चित्रमा देखिएको छ ।
यी बालिका पातली भएकी पनि प्रहरीले उल्लेख गरेको छ ।
यो समूहले उक्त पसलमा करिब एक घण्टा बिताएको र कर्मचारीले दिनको अन्त्य नभएसम्म उक्त हिरा चोरी भएको थाहा नपाएको उक्त पत्रिकाले जानकारी दिएको छ । रासस/एएफपी
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया