सिरियामा ११७ विद्रोही मारिए
दमास्कस, १० माघ । सिरियामा जारी रहेको विद्रोही विरुद्धको कारबाहीमा परी शनिबार कम्तीमा पनि ११७ जना विद्रोही मारिएको समाचारमा जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार सिरियाली सेनाले देशको दक्षिणी क्षेत्रको एक नगरमा शनिबार गरेको कारबाहीमा ती विद्रोही मारिएका हुन् ।
दक्षिणी सहर मसारामा सरकारी सेनाले गरेको कारबाहीमा अल कायदाआवद्ध ४७ जना सशस्त्र हतियारधारी मारिएका छन् ।
त्यसैगरी दक्षिणी सिरियाकै अर्को प्रान्त दारामा त्यहाँ विद्रोह गरिरहेका सिरियाली विद्रोहीका विरुद्ध जारी कारबाहीमा परी ७० जना सशस्त्र हतियारधारी मारिएका छन् ।
सिरियामा तीन वर्षभन्दा लामो समयदेखि जारी रहेको विद्रोहमा डेढ लाखभन्दा बढी नागरिक मारिएका छन् ।
त्यहाँ अहिले पनि दैनिकजसो नागरिक हताहत हुने गरेका छन् । उता पछिल्लो समयमा त्यहाँ अल कायदाका लडाकू पनि छिरेका र उनीहरुको पनि कारबाही जारी रहेको बताइन्छ । रासस/एएफपी
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया