राष्ट्रपति ओबामा भारत प्रस्थान
वासिङ्टन, १० माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतका लागि प्रस्थान गर्नुभएको छ । उहाँ केही समयअघि वासिङ्टनबाट भारतका लागि प्रस्थान गर्नुभएको बताइएको छ ।
दक्षिण एसियाली एक ठूलो राष्ट्र भारतसँग उहाँले थप सम्बन्ध विस्तारका लागि आवश्यक छलफल गर्नुहुने समाचारमा जनाइएको छ ।
राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला माइकेल भारतका लागि शनिबार साँझ प्रस्थान गर्नुभएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति ओबामा आइतबार भारत पुग्नुहुने छ । सो भ्रमणका क्रममा राष्ट्रपति ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
उहाँ भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा वृक्षारोपण गर्नुहुने छ ।
साथै उहाँ सोमबार भारतमा मनाइने गणतन्त्र दिवस विशेष समारोहमा सहभागी हुनुहुने छ । सो समारोहमा उहाँलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।
ओबामा दम्पत्ति मङ्गलबार साउदी अरेबिया जानुहुने छ । गत शुक्रबार बिहान निधन हुनुभएका साउदी अरेबियाका राजा अब्दुल्लाहप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँहरु त्यहाँ जान लाग्नुभएको हो । रासस/एएफपी
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया