अख्तियारकै अधिकृत घुससहित पक्राउ
धनकुटा, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली घुस लिँदालिँदै आज रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियारमा परेको मुद्दा मिलाइदिन्छु भन्दै रु एक लाख ५० हजार घुस लिँदै गर्दा शाखा अधिकृत ज्ञवालीलाई अख्तियारको केन्द्रबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियारमा परेको जग्गा सिफारिससम्बन्धी मुद्दा मिलाइन्छु भन्दै ताङ्खुवागा बिसका पूर्व गाविस सचिव भक्तबहादुर भट्टराईबाट धनकुटा नगरपालिका–६ स्थित आफ्नै आवास गृहमा उनले घुस लिएका थिए ।
घुस मागेको जानकारी पाएर तीन दिन अघिदेखि खटिएको अख्तियारका प्रहरी निरीक्षक पुण्यराज मल्ल नेतृत्वको केन्द्रीय टोलीले ज्ञवालीलाई रङ्गेहात पक्राउ गर्न सफल भएको हो ।
अख्तियारलाई बदनाम गर्न योजनाबद्ध रुपमा आफूलाई फसाइएको निज ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया