राष्ट्रपतिबाट स्वर्ण महोत्सव उद्घाटन
काठमाडौँ, १० माघ । राष्ट्रपति डा रामवरण यादवले चुरे क्षेत्रमा पुनः बालुवा तथा ढुङ्गा गिट्टी निकाल्न अनुमति दिनु दुःखद भएको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण महोत्सवको आज यहाँ एक समारोहका बीच उद्घाटन गर्दै उहाँले देशमा भइरहेको तीव्र जङ्गलको फँडानी भइरहेको उल्लेख गर्दै चुरे बचाएर देशको प्राकृतिक सम्पदालाई जोगाउन सरकार समक्ष अनुरोध गर्नुभयो ।
राष्ट्रपति डा यादवले जङ्गल भएकै कारण ४० वर्ष पहिले तराई स्वर्ग भएको उल्लेख गर्दै भन्नुभयो, “तराईमा त्यतिबेला पानीको कमी थिएन, अन्नको कमी थिएन । माछाको कमी थिएन । फलफूलको कमी थिएन । दही दूधको कमी थिएन । छ महिना गरिबले माछा खान्थे र उनीहरुले प्रोटिनको मात्रा पूरा गर्थे ।”
तर पछिल्लो समयमा जङ्गल सखाप भएको उल्लेख गर्दै उहाँले आज जङ्गल फँडानी, नदीको कटान, उर्वर भूमिको कटान र बस्ती डुबान भएकामा दुःख व्यक्त गर्नुभयो । राष्ट्रपति डा यादवले सरकारले जङ्गल ,जमिन, उर्वर भूमि, डुबानबाट बचाउनका लागि चुरेलाई बचाउनुपर्ने बताउनुभयो ।
राष्ट्रपति डा यादवले देशमा आर्थिक उदारीकरण भएकै कारण देशको आर्थिक क्षेत्र विस्तार आएको बताउनुभयो । उहाँले अहिले राष्ट्रिय वाणिज्य बैंकलाई कृषि, स्वास्थ्य, ऊर्जा क्षेत्रमा कर्जा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति डा यादवले राजनीतिक उतारचढावले गणतन्त्र र लोकतन्त्र, समावेशी, समानुपातिक र धर्मनिरपेक्षतालाई संस्थागत गर्न र देशमा कानुनी शासन कायम गरी देशलाई दश–पन्ध्र वर्षसम्म एउटै लिगमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले दैनिक १५/१६ सय मानिस बेरोजगारीका लागि बाहिर गइरहेको र लगभग ३५ लाख युवा जनशक्ति बाहिर गइरहेको अवस्था देख्दा आफूलाई दुःख लागेको बताउनुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया