संवाद समितिका सभापति एमाओवादीलाई जानु भुल भोः ओली
काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति एकीकृत नेकपा माओवादीलाई दिनु भुुल भएको बताउनुभएको छ ।
नयाँ बानेश्वरमा सत्तारूढ दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाओवादीलाई संवाद समितिको सभापति दिइएका कारण माघ ८ मा संविधान आउन नसकेको आरोप लगाउनुभयो । नेता ओलीले संविधानसभालाई विफल बनाउने सपना नदेख्न सबैलाई आग्रह गर्दै कुनै पनि हालतमा संविधानसभाबाटै संविधान आएर छाड्छौँ भन्नुभयो । “एमाओवादीको अलोकतान्त्रिक र संविधान विरोधी क्रियाकलाप लामो समयसम्म टिक्दैन”–उहाँले भन्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाटै संविधान जारी गर्न कसैले रोक्न सक्दैन भन्दै संविधान आउन नदिने खेलले सबैलाई दुःखित बनाएको छ भन्नुभयो । उहाँले काँग्रेस र एमालकोे वा बहुमतको चाहनालाई अल्पमतको बन्दी बनाउने प्रयास गरिएको भन्दै आगामी आइतबारदेखि संविधानसभा पुनः सञ्चालन हुने जिकिर गर्नुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया