एमाओवादी नेतृत्वको आन्दोलन जारी रहने
काठमाडौं, ९ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाको आज बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
बैठकमा केही दिनयता एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गर्दै आएको संविधानसभा र सडकको आन्दोलनको समीक्षा हुनुका साथै यसलाई थप प्रभावकारी बनाउने सहमति भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।
मोर्चाले सडक आन्दोलनलाई थप प्रभावकारी बनाउन एमाओवादीका नेता वर्षमान पुनलाई जिम्मा दिने समझदारी भएको जानकारी गराउँदै प्रवक्ता सिंहले आज पनि संविधानसभाको बैठक अवरुद्ध गर्ने बताउनुभयो ।
आन्दोलनमा भएका धरपकड र प्रहरी दमनको भत्र्सना गर्दै मोर्चाको बैठकले संविधानसभा अवरोध हटाउनका लागि सहमतिको अनुकूल वातावरण निर्माणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेको संविधानका अन्तरवस्तुलाई मस्यौदा समितिमा पेस गर्नुपर्छ भन्ने माग र मोर्चाको संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिमा पठाउनुपर्छ भनाइका बीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नियम ९१ बमोजिम प्रश्नावली बनाउने प्रस्ताव ल्याएका कारण मोर्चाले विरोध गर्नुपरेको बताएको छ ।
संविधानसभा अध्यक्ष नेम्वाङको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै उहाँले संविधानसभामा भएको तोडफोडको जिम्मा मोर्चाले लिने स्पष्ट पानुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया