चलचित्र रक्तभोगको माडीमा प्रर्दशन शुरु

इनेप्लिज २०७१ माघ ९ गते २:१४ मा प्रकाशित

raktabhogसत्य घटनामा आधारित चलचित्र रक्तभोगको प्रर्दशन चितवनको माडीबाट शुरु भएको छ ।
२०६८ साल फागुन ५ गते चितवनको माडीमै घटेको सत्य घटनामा आधारित भएर बनेको चलचित्र रक्तभोगको बुधवार माडीको विक्रमवावा चलचित्र घरमा एक कार्यक्रमकावीच प्रर्दशन शुरु गरिएको हो ।
रक्तभोगको प्रर्दशन शुरुवातमा गरिएको प्रिमियर सो मा माडी स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी, सघसस्थाका प्रतिनिधी, सञ्चारकर्मी तथा स्वर्गीय ढेगनीदेवीका  परिवारका सदस्यहरु उपस्थित थिए । चलचित्रको माडीमा नियमित प्रर्दशन शुरु हुनु अघि गरिएको कार्यक्रममा उपस्थित स्थानीय बुद्धिजीविहरुले यस चलचित्रले माडीको सत्य घटनालाई अघि सारेर देशव्यापी रहेको कुप्रथा विरुद्ध गतिलो झट्का दिएको बताए ।
उनीहरुले स्थानीय कलाकार नै धेरै रहेको र माडीमै सुटिङ गरिएको चलचित्र रक्तभोगले स्थानीय सस्कृतीलाई देखाउनुका साथै दुखद घटनालाई जस्ताको तस्तै प्रस्तुत गरेर सामाजिक कुसंस्कारको विरुद्धमा जनचेतना जगाउने काम  गरेको प्रतिकृया दिए । उनीहरुले चलचित्रका बारेमा सुझाब सल्लाहहरु राख्दै यसलाई देशव्यापी गाउगाउमा प्रर्दशन गर्नुपर्ने विचार राखेका थिए ।
आफ्नै बुहारी ढेगनीदेवीको विभत्स हत्याको घटनामा बनेको चलचित्र हेर्न आएका ढेगनीदेवीका सासु, ससुराले घटनाको दर्दनाक रुप जस्ताकोतस्तै पर्दामा देख्दा आफुलाई थाम्न नसकी चलचित्र नसकिदै हलबाट बाहिर निस्केका थिए । उनीहरुले चलचित्रले आफुहरुलाई घटनाको दिनलाई र बुहारीलाई सम्झाएको भन्दै भक्कानिदा चलचित्र हेर्न उपस्थित माडीका बुद्धिजिवीहरुको आखाँ समत रसाएको थियो ।
चलचित्रको बुधवार दिउसो देखि नै माडीमा नियमित प्रर्दशन शुरु भएको छ । बुधवार दिउसो १ वजेको पहिलो सोमा हाउस फुल भएको विक्रमवावा चलचित्र घरले जनाएको छ । बुधवार नै नाईट सो समेत हुने र विहिवारदेखि आवश्यक्ता अनुसार एकदिनमै धेरैवटा सो सञ्चालन गरिने रक्तभोग चलचित्रका निर्माता रामचन्द्र लम्सालले बताए । विवि फुयालको निर्देशनमा बनेको चलचित्रमा ढेगनीदेवीको भुमिकामा नायिका सारिका घिमिरे देखिएकी छन ।

यस्तै अन्य कालाकारमा रामचन्द्र लम्साल, पोदराज पौडेल, शैलेस पौडेल, रचना पौडेल र ढेगनीका छोरा छोरीको भुमिकामा वालकलाकारहरु भुवन नेपाली र स्वस्तिका तिमिल्सेना रहेका छन । ढेगनीदेवीको हत्या भएको समयमा उनका अपराधीलाई पक्रीएका प्रहरीहरु र ढेगनीका साथीहरु नै पर्दामा कलाकारको रुपमा देखिएका छन । यसले चलचित्रलाई अझै जीवत्न बनाएको निर्माता लम्सालले बताए ।

प्रतिक्रिया