शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:१२
वासिङटन डिसी 11:27

संविधान ल्याउन नसकेकोमा प्रचण्डले माफी मागे

इनेप्लिज २०७१ माघ ८ गते १८:४० मा प्रकाशित

prachanda-babu1

काठमाडौँ, ८ माघ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा आज कुनै उपलब्धि हुन नसक्नुमा क्षमायाचना गर्नुभएको छ ।

आज राति संविधानसभाको बैठक स्थगनपछि बाहिरिने क्रममा अध्यक्ष दाहालले आफूहरूले सहमतिका लागि गरेको प्रयास सत्तारूढ दलका कारण सफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

सत्तारूढ दलले विगतको सहमति उल्ट्याएर प्रतिगामी संविधान ल्याउने कोसिस गरेको भन्दै उहाँले आफूहरूले त्यो प्रयास सफल हुन नदिएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सहमति भएका विषय मस्यौदा समितिमा पठाऔँँ र सङ्घीयताबारे सहमतिको कार्य जारी राखाँै, कतिपय सवालमा हाम्रा फरक मत दर्ज गरेर जाऔँ र आजको दिनमा सहमतिको सन्देश दिऔँ भन्ने प्रस्तावमा पनि निचोड आउन सकेन ।”

उहाँले सरकारमा रहेका दलमा रहेको अहम् र विगतको सहमतिबाट पछि हट्ने मानसिकताका कारण सहमति हुन नसकेको दोहो¥याउँदै भन्नुभयो, “ऐतिहासिक संविधान ल्याउने प्रयास जारी राख्नेछौँ ।”

प्रतिक्रिया