मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०२:३८
वासिङटन डिसी 16:53

अवरोधले के सन्देश जाला र जनताले के टिप्पणी गर्लान्ः सभाध्यक्ष नेम्वाङ

इनेप्लिज २०७१ माघ ८ गते ११:२१ मा प्रकाशित

suvash nembangकाठमार्डौ, ८ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा केही दिनयता भएको अवरोधले संविधान निर्माणको प्रक्रियामा अवरोध पुगेको भन्दै यसले जनतामा कस्तो सन्देश गएको छ र जनताले के भन्लान् भन्ने प्रश्न गर्नुभएको छ ।

संविधानसभाको आजको बैठक सुरु हुनासाथ एनेकपा ९माओवादी० र मधेसी मोर्चासहितका दलहरुले बेल घेराउ गरेर नाराबाजीसहित बैठक अवरोध निरन्तर जारी राखेपछि सभाध्यक्ष नेम्वाङले  संविधान निर्माणको प्रक्रियामा पुगेको अवरोध देखेर जनताले के टिप्पणी गर्लान् भन्नुभयो ।

“विसं २०७१ माघ ८ गतेलाई सिङ्गो मुलुकमात्र नभएर देश बाहिरकाले पनि हामीलाई हेरेका छन्, संविधान बनाउने भनेर दलहरुले गरेको प्रतिबद्धता सम्झेका छन्, माननीय सभासद्हरु बेलमा हैन कुर्सीमा बसिदिएर संविधान निर्माणको प्रक्रियालाई अघि बढाऔँ”, सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।

राजनीतिक दलहरुका बीचमा सहमति भएर संविधान निर्माणको प्रक्रिया अघि बढ्न सकेको भए राम्रो हुने थियो तर त्यो हुन सकेको छैन भन्दै सभाध्यक्ष नेम्वाङले अहिले पनि संवाद, सहमति र छलफल गरौँ, आज संविधान दिन नसके पनि यसरी संविधान दिन सक्छौँ भन्ने कुरा भनौँ भन्नुभयो ।

व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध हुने गरेको इतिहास भए पनि यसअघि कहिल्यै पनि एक मिनेट पनि संविधानसभाको बैठक अवरुद्ध नभएको उहाँले उल्लेख गर्नुभयो । तर पहिलोपटक केही दिनयता संविधानसभा बैठकमा भएको अवरोधले संविधान निर्माणको कार्यसूचीमा प्रवेश गर्न नसकिएको सभाध्यक्ष नेम्वाङले बताउनुभयो । त्यसपछि अध्यक्ष नेम्वाङले संविधानसभाको बैठक आधा घन्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

संविधानसभाको आजको बैठक ११ बजेका लागि बोलाइएको थियो । तर बैठक १२ बजेर ४२ मिनेट जाँदा सुरु भएको थियो । एनेकपा माओवादी सहितका दलहरुले बैठक सुरु हुन नपाउँदै बेल घेरेर नाराबाजी सुरु गर्नुभएको थियो ।

नाराबाजी २ः४७ मिनेटसम्म जारी रहेको थियो । संविधानसभाको ९१औँ बैठकको कार्यसूची नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधानसभा नियमावलीअनुसार प्रस्ताव निर्माण समिति गठन गरियोस् भनी सभासद्हरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया