श्रीलङ्का सरकार भ्रष्टाचार विरुद्ध कडा हुने सङ्केत
इनेप्लिज
२०७१ माघ ८ गते ९:३४ मा प्रकाशित
कोलम्बो, ८ माघ । श्रीलङ्काको नवनिर्वाचित सरकार भ्रष्टचारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने लक्षण देखाएको छ ।
नवनिर्वाचित सरकारको आदेशमा त्यहाँ भ्रष्टाचारसम्बन्धी मुद्दामा परेका एकजना पूर्व गभर्नर र अर्का एक सांसदलाई बिहीबार इमिगेरेशन प्रहरीले बिदेश जान प्रतिबन्ध लगाएको छ ।
श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर अजित निब्रद क्याबराल र पूर्व सांसद सजिन वास गुणवर्धनेलाई बिहीबार विदेश जानबाट रोक लगाइएको छ ।
उहाँहरुलाई लगाइएको यस प्रतिबन्धले भ्रष्टाचारका विरुद्धमा सरकार कडा रुपमा प्रस्तुत हुन खोजेको देखिएको समाचारमा जनाइएको छ ।
हालैमात्र राष्ट्रपतिमा पराजित महिन्द राजपाक्छेका विरुद्ध पनि भ्रष्टाचारमा मुद्दा दिइएको छ । उहाँलाई दबाब दिनका लागि यो कारबाही सुरु भएको अनुमान गरिएको छ । रासस÷सिन्ह्वा÷एएफपी
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया