संविधानसभामा खुर्सानीको धुलो भेटियो
इनेप्लिज
२०७१ माघ ८ गते ६:५३ मा प्रकाशित
काठमाडौँ, ८ माघ । आज बिहान ११ बजेका लागि तोकिएको संविधानसभाको बैठक हुनुपूर्व सुरक्षाकर्मीको नियमित जाँचका क्रममा संविधानसभाभित्र १० स्थानमा खुर्सानीको धुलोका पोका भेटिएको छ ।
व्यवस्थापिका संसद्का प्रवक्ता मुकुन्द शर्माले सो खुर्सानीको धुलो कसरी र कहाँबाट आयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र सभाभित्र यस्तो स्थिति देखिनु दुर्भाग्यपूर्ण भएको पत्रकारहरुलाई बताउनुभयो ।
यो घटनापछि अहिले संविधानसभा परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । संविधानसभाको मूलढोकादेखि नै आज सभासद् र अन्य प्रवेशकर्तालाई कडाइका साथ जाँच गरिएको छ । महिला सभासद्लाई झोला पनि लान दिइएको छैन ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया