शुक्रबार, साउन ३ २०७६
काठमाडौं ००:०५
वासिङटन डिसी 14:20

विष्णुहरि भाईसंग कफी- अन्तिम क्षण

इनेप्लिज २०७१ माघ ८ गते ३:०० मा प्रकाशित

thapa

फुलको थुंगा बगेर गयो ,गंगाको पानीमा 

मेरो सुद्धि हराएछ l र, मेरो सुद्धिलाई बिर्को खोल्ने काम अमेरिका नेपाल सोसाईटीका पूर्व सचिब मुकुन्द राज दाहालले गरि दिए l म मान्छे चिन्न चुकेछु l यसमा मलाई दुख लागेको छ l

डिसेम्बर १ तारिख को घटना हो ,म ,अमेरिका नेपाल सोसाईटीका पूर्व सचिब मुकुन्द राज दाहाल तथा स्व बिष्णुहरि भण्डारीले अमेरिकाको भर्जिनियाको रेस्टन शहरमा झन्डै एक घण्टा कफी पिएर कार्यक्रमको प्रतिक्षा गरेको क्षण मेरो मस्तिस्कबाट उडेर गएछ  l

करिब ४५ दिन पछि ,जनवरी १५ तारिख बिहान ४ बजे बिष्णुहरि भण्डारी सदाको लागि हामीलाई छोडेर गए l जनवरी १६ तारिख बिहान उनको त्यो दुखत समाचार छापामा ल्याउने काम मैले जिम्मा लिए l र ,सबै तिर सुचना प्रवाह गरि दिए l

यो काम मलाई नासो समुदायका पूर्व अध्क्षय दिपक विश्वकर्माले दिए l बिष्णुहरि भण्डारी भन्ने नाम सुन्दा कता कता सुनेको जस्तो अनुभूति भयो तर पनि काममा भएकोले ठम्याउन सकिन l तस्बिर र नाम समेत पठाउदा स्मरण गर्न सकिन किनभने उनि म संग कफी पिउदा चस्मा लगाएका थिएनन् l चस्माले खलनाय भूमिका खेल्यो l

b

बिष्णु हरि भाईले प्राण जनवरी १५ मा त्यागे ,जनवरी १६ मा समाचार पठाईयो र जनवरी १७ तारिख शनिबार गैर आवासीय नेपाली संघ अमेरिकाको अन्तरक्रिया कार्यक्रममा अमेरिका नेपाल सोसाईटीका पूर्व सचिब मुकुन्द राज दाहालले मलाई विष्णुहरि भण्डारी लाई बिर्सनु भयो ? डिसेम्बर १ तारिख ,हामी तीन दाजुभाई (म ,स्व बिष्णुहरि भण्डारी र मुकुन्द राज दाहाल )नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा संग राखिएको भेटघाट कार्यक्रममा करिब एक घण्टा जति बसेर कुराकानी गरेको हैन ?

तपाईले खाजा किन्नु भयो र स्व बिष्णु हरि भण्डारीले कफी पिलाएको हैन भनि दाहाल जी ले सम्झाउदा म झल्यास भए l अचम्बित भए र कस्तो भुलेछु भनि नाना थरिका कुराहरु उब्जिन थाले l समाचार आफैले धेरै लेखे तस्बिर हेरे पनि कतिको भुस्कुल भएछु भन्ने कुराले मलाई सतायो  l

र ,जनवरी १७ तारिख देखि नै मैले कलम चलाउनु पर्छ भन्ने मनमा आएकोले १ घण्टामा सम्म हाम्रो के के कुरा गरिएको थियो भनि अलिक घोत्लिए l आज अमेरिकामा माघ ७ र नेपालमा बिहान माघ ८ भएकोले केहि शब्दहरु स्व बिष्णु हरि भण्डारी भाई लाई समर्पित गर्दै लेख्ने जमर्को गरेको छु  l

b 3

व्यक्तिगत रुपमा म संग उनको परिचय थिएन l जनसम्पर्क समिति भर्जिनिया शाखाको अधिवेसनमा मेरो भेट भएको थियो समाचार ,श्रब्य दृश्य र तस्बिर छापामा मैले पुर्याई दिएको थिए l त्यहाँ पनि चिनजान राम्रो संग हुन् सकेको थिएन l

डिसीमा नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा संग राखिएको भेटघाट कार्यक्रममा आयोजकले राखेको समयमा भन्दा एक घण्टा ज्यादा ढिलो हुने भयो l त्यसको मौकाको फाईदा उठाउदै भर्जिनियाको रेस्टन सामुदायिक केन्द्र नजिक रहेको स्टार बक्समा कफी पिउन म ,मुकुन्द राज दाहाल तथा बिष्णुहरि भण्डारी गयौ l

र ,म काम बाट सिधा गएकोले मैले खाजा ल्याए र बिष्णुहरि भाईले कफी पिलाए l  नेपालीहरुलाई चिया या कफी पिउदै राजनीतिको गफ गर्नु पर्यो भने कसले सक्ला र ?हामी तीन दाजु भाईको गफ सुरु भयो l मुकुन्द दाहाल संग मेरो पुरानो चिनजान तर बिष्णु भाईले मलाई चिने पनि हाम्रो आमने सामने गफ हुने मौका मिलेको थिएन l

त्यो एक घण्टा कार्यक्रम ढिला हुदा हामीले धेरै कुरा गर्यौ l भण्डारी भाईले मलाई विश्व प्रकाश शर्माको बारेमा पुरा बताई दिए र म छक्क यस अर्थमा परे कि सानो फुच्चे र धेरै कुरा जान्ने रहेछ भन्ने लाग्यो l

र ,उनले भनेका थिए विश्व प्रकाश शर्मा नेपालको एक सम्भावना हो र एक दर्शन भएको अहिलेको युवा पिढिको नेता हो भनेको अहिले जस्तो लाग्दछ l डिसेम्बर १ तारिख उनले यसो भने तर जनवरी १५ तारिख पृथ्वी छोडे l किनभने मैले विश्व प्रकाश शर्मालाई राम्रो संग चिनेको थिइन् l  नुवाकोटको हु परिचय दिदा मैले पनि नुवाकोटेहरु अमेरिकामा धेरै छन् भने l

अर्जुन नर सिंह केसी बारेमा सोधेको , उनि त कांग्रेसको र नेपाल बिद्यार्थी संघको सशक्त भएकोले उनका कुराहरुले जान्ने मौका पाए l र ,मैले ,फेरी क्यालिफोर्नियामा जनपुकार डटकमका धनन्जय नरसिंह बारेमा सोधे राम्रो चिन्छु भनि जवाफ दिए l उनले मलाई दाई सपनाको संसार अमेरिका संग सन्तुष्ट हुनु हुन्छ भनि सोधे ? मैले छु र सम्झौता गर्नु पर्छ भनि जवाफ दिए ? अलिक उनि सन्तुष्ट छैनन् कि भन्ने मैले आभास पाए l

यो प्रश्न अहिले सम्झदा नराम्रो लाग्दछ किनभने उनले हामीले छोडेर सदाको लागि गए l मैले दुई बर्ष सम्म अमेरिकामा गार्हो हुन्छ त्यस पछि सब चिज आफै बन्दै जान्छ भनि दिए l जेठो भएकोले सल्लाह दिए l म त दुई बर्ष मात्र भयो भने l दाई नेपाल कहिले फर्कने सोच छ भने ? अहिले म सपरिवार छु ,योजना बनाएको छैन भनि जवाफ दिए l अलिक नेपाल प्रति धेरै माया भएको जस्तो उनको अभिव्यक्तिले जतायो l

मेरो बिसुद्ध नेपाली बोलेको सुने पछि ,खसखस लागेछ र मलाई फेसबुक ,मोबाइल र एस एम एस बारेमा नेपालीमा के भन्छन भनि सोधे र मैले जवाफ दिए l डिसेम्बर १ तारिख नै भनेका थिए माघ ८ गते संबिधान आउदैन ,उनको भबिष्य वाणी मिल्यो किनभने उनलाई थाहा रहेछ राजनीतिको खेल l

b1

तर म नागरिक को हैसियतले माघ ८ गते आउछ भन्दा हेर्दै जानु दाई आउदैन भनेका थिए l त्यसो भन्दा उनीलाई फेरी मैले हेरे l किनभने नपत्याएर ,किनभने चिया पसलमा हाम्रो त्यस्तै गफ हुन्छ जस्तो लाग्यो l बीपीले प्रतिपादन गरेका सिद्धान्त र आदर्सका कुरा पनि चल्यो ,मन मनै मैले सोचे ज्ञान भएको युवा रहेछन भनि फेरी उनलाई हेरे l उनले अन्तिम शब्द भनेको अहिले जस्तो लाग्छ ” नेपाल कति सम्झनु हुन्छ ” भनि सोधे l सम्झन्छु भने l ७ बर्ष देखि यहि छु भन्दा छक्क परे जस्तो लाग्यो l मात्री भूमिको माया अथाह रहेछ भन्ने लाग्यो l

उनले अमेरिकाको भन्दा नेपालको चर्चा ज्यादा गरेकोले मैले त्यस्तो बुझे किनभने आएको दुई बर्ष नभएकोले नेपालको सम्झना आई रहनु स्वाभाविक हो भन्ने मलाई लाग्यो l

करिब १ घण्टा पछि हामी भेटघाट कार्यक्रममा गयौ l जनवरी १७ तारिख मुकुन्द राज दाहालले मलाई बिष्णु हरि भाईको बारेमा नभनि दिएको भए अझ पनि उनको अनुहारको मलाई संस्मरण नहुने रहेछ l मैले माफ माग्ने पर्छ l मलाई माफ गर बिष्णुहरि भाई l आफैले समाचार लेखको र तस्बिर सम्म हेर्दा पनि नचिन्नु भनेको बुढेशकाल लाग्न थाल्यो कि भन्ने सोच्न थालेको छु l

दुई पटक भेटेपछि विष्णुहरि भाईले कहिले नभेट्ने गरि हामीलाई छोडेर गए l एक पथ प्रदर्शक र एक आत्मीय भाई l सबैका प्यारा विष्णुहरि भाईले सबैलाई रूवाएर गए l कुबेलामा निभ्यो एउटा चम्किलो तारा ,बिष्णुहरि भाई l

हार्दिक श्रद्धाजलि बिष्णुहरि भाई !

प्रतिक्रिया