चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर
बेइजिङ, ७ माघ । चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको नयाँ उपायको रूपमा लिएको छ ।
वाणिज्य मन्त्रालयले अनलाइनमा कस्तो प्रकारको कारोवार भएको भन्ने जानकारी दिएको छैन । मन्त्रालयले यसमा व्यापारिक संस्थाबीच तथा खुद्रा बिक्रीमा उक्त कारोबार भएको उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता सेन दानयाङले सन् २०१४ मा इलेक्ट्रोनिक व्यापार २५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन् ।
चीनको राष्ट्रिय तथ्याङ्क केन्द्रले अनलाईन खुद्रा व्यापार दुई हजार ८०० अर्ब युआन बराबर भएको जानकारी दिएको छ । यसमा सन् २०१४ मा ४९.७ प्रतिशतले वृद्धि भएको जानकारी दिइएको छ ।
चीनमा विश्वमा सबैभन्दा अधिक अनलाइन जनसङ्ख्या रहेको छ । गत वर्ष यहाँ ६३ करोड २० लाख जनता अनलाइनमा रहेको बताइएको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया