हाम्रो लचकतालाई कमजोरी ठानियो: अध्यक्ष दाहाल
काठमाडौँ, ७ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको लचकतालाई सत्तापक्षले कमजोरी ठान्दा संविधानसभामा तोडफोड हुन पुगेको आरोप लगाउनु भएको छ ।
सोमबार राति संविधानसभामा भएको तोडफोडपछि आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले विवादित विषयमा सहमति भइरहेको र थप दुई दिनको समय मागेका बेला नेपाली काँग्रेस र नेकपा एमालेले पेल्न खोज्दा द्वन्द्वको अवस्था सिर्जना भएको बताउनुभयो ।
सहमतिका लागि आफूले जोखिम मोलेर गाँठो फुकाउन शासकीय स्वरुपलाई एक/दुई दिन थाती राखेर अघि बढ्न सुझाव दिइरहेका बेला सहमति विपरीत उहाँहरु (काँग्रेस र एमाले)ले मस्यौदा समितिमा लैजाने भनेपछि सहमतिको वातावरण बिग्रिएको अध्यक्ष दाहालको कथन थियो ।
अध्यक्ष दाहालले भन्नुभयो–“हामी संविधानसभामा संविधान निर्माण प्रक्रियालाई रोक्ने र नाराबाजी गर्ने योजनामा मात्र थियौँ तर काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ प्रश्नावली समिति बनाउने प्रस्तावका साथ जबर्जस्ती रोस्टममा गएपछि झडप उत्पन्न भयो ।”
तोडफोड त संविधानसभा बैठक स्थगित भएपछि भएको देखिन्छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयोे–“केही त्यस्तो भयो, गल्ती भयो भन्ने हामीलाई पनि लागेको छ ।” आवेश र आक्रोशको वातावरण बनेपछि अनियन्त्रित भएको उहाँको धारणा थियो ।
जनआन्दोलन, अन्तरिम संविधान तथा विभिन्न आदिवासी/जनजाति, मधेसी आन्दोलनको भावनाअनुसार नै सहमतिका आधारमा संविधान बन्नुपर्छ भन्ने आफूहरुले माग विपरीत सत्तापक्षले सङ्ख्याका आधारमा जबर्जस्ती प्रक्रिया अघि बढाउन खोजेका कारण संविधानसभामा झडप भएको अध्यक्ष दाहालले दोहोर्याउनुभयो ।
विगतको संविधानसभामा आफूहरुसँग दुई तिहाईको बहुमत भए पनि अन्तिम समयसम्म सहमतिका लागि प्रयास गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान निर्माणका लागि विगतको १२ बुँदे समझदारीका सहयात्रीबीच संविधानसभामा बहुमत र अल्पमत हुन नहुनेमा जोड दिनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया