संविधानसभामा भएको तोडफोडमा ३० लाख को क्षति भएको अनुमान
काठमाडौँ, ७ माघ । संविधानसभाको बैठक कक्षमा सोमबार राति भएको तोडफोडमा रु ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
संविधानसभा सचिवालयका प्राविधिकले सङ्कलन गरेको तथ्याङ्कका आधारमा सो क्षतिको आँकलन गरिएको संसद सचिवालयले जनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निर्देशनअनुसार घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई यथार्थ विवरण यथाशीघ्र प्रस्तुत गर्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । सो समितिमा सचिवालयका सचिव ठाकुरप्रसाद बराल, प्रवक्ता मुकुन्द शर्मा, कानुनी सल्लाहकार रवि शर्मा र उपसचिव आनन्द अधिकारी रहनुभएको छ । समितिले घटनाबारे जानकारी लिने र अनुसन्धान गर्ने कामको थालनी गरिसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
सो घटनामा टेवल, कुर्सी, टेलिभिजन, माइक, क्यामेरालगायत भौतिक सामग्री तोडफोड भई क्षति पुगेको थियो । समितिले के भएको हो त्यसमा कोको संलग्न भएका थिए भन्नेबारेमा सभाध्यक्षसमक्ष एक दुई दिनभित्रै प्रतिवेदन पेस गर्नेछ । व्यवस्थापिका–संसदको नियमावलीअनुसार सभाध्यक्षले त्यस कार्यमा संलग्न सभासदलाई निलम्वनदेखि निष्कासनसम्म गर्ने अधिकार रहेको तथा क्षति पुगेको भौतिक सामग्रीहरुको लागतअनुसारको रकम असुलउपर गर्न सक्ने प्रावधान रहेको बुझिएको छ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया