सरकार परिवर्तनको कुनै प्रयास भएको छैनः मन्त्री बस्नेत
भक्तपुर, ७ माघ । उद्योग मन्त्री महेश बस्नेतले संविधान बनाउने अभियानमा दलहरु लागिरहेकाले सरकार परिवर्तनको कुनै प्रयास नभएको बताउनुभएको छ ।
भक्तपुर औद्योगिक क्षेत्रको आज अनुगमन गर्दै उहाँले संविधान निर्माण भएपछि मात्रै पूर्व सहमतिअनुसार राष्ट्रिय सरकार गठन हुनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकार परिवर्तन ठूलो कुरा होइन, सरकारभन्दा ठूलो संविधान हो, त्यसैले माघ ८ मा नभए केही दिन ढिलै भएपनि जनतालाई अब संविधान दिनैपर्छ ।”
भर्खरै मात्र उत्साह थपिएको उद्योग व्यवसायमा तातोपानी खन्याएर धरासायी बनाउने काम फेरि सुरु भएको बन्द हडतालले गरेको टिप्पणीसमेत उहाँले गर्नुभयो ।
सो अवसरमा उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक राजेन्द्र थापालगायतले उद्योगको विकासका लागि देशमा शान्ति र संविधान अपरिहार्य रहेको औँल्याउनुभएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया