बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:१९
वासिङटन डिसी 21:34

नेपालसामु १४३ रनको चुनौती

इनेप्लिज २०७१ माघ ७ गते ११:५१ मा प्रकाशित

nepal vs namibiaकाठमाडौँ, ७ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको आजको खेलमा आयोजक नामिबियाले नेपालसामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करन केसीले तीन, सोमपाल कामी, वसन्त रेग्मी र शक्ति गौचन समान दुई÷दुई विकेट लिन सफल भएका छन् ।

नामिबियाका लागि भान स्कुरले सर्वाधिक २८ रन र पि कोट्जेले २७ रन लिए भने अन्य खेलाडीले खासै उल्लेख्य रन जोड्न सकेनन् । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

प्रतिक्रिया