आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १४:०४
वासिङटन डिसी 04:19

क्रिकेट खेलाडी माया रावतलाई नगदसहित सम्मान

इनेप्लिज २०७१ माघ ७ गते ११:२७ मा प्रकाशित

भीमदत्तनगर, ७ माघ । क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका महेन्द्रनगरका महिला क्रिकेट खेलाडी माया रावतलाई बुधबार गृहनगरमा सम्मान गरिएको छ ।

महेन्द्रनगरस्थित लिटिलबुद्ध उच्च माविले क्रिकेट खेलाडी रावतलाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले उहाँलाई सम्मान गर्नुभएको थियो । लिटिल बुद्धले बुधबारदेखि महेन्द्रनगरमा सुरु गरेको प्रथम एलबिए कप क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा उहाँलाई सम्मान गरेको हो । सो क्रिकेट प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालय तथा क्याम्पसका टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रु ५१ हजार, रु २५ हजार र रु १५ हजार नगदका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया