प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्छः उपाध्यक्ष भण्डारी
काठमाडौँं, ७ माघ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सहमति हुन नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई अनिर्णयको बन्दी बनाएर नराखी प्रक्रियामा गएर निर्धारित मितिमा नै संविधान जारी गर्ने बताउनुभयो ।
अखिल नेपाल महिला सङ्घका अध्यक्षसमेत रहनुभएकी भण्डारीले भन्नुभयो–“सहमति हुन नसकेको विषयमा अन्तरिम संविधान, ऐन र कानुनका आधारमा प्रक्रियालाई अगाडि बढाएर संविधान जारी गर्नुपर्छ, जनताको जनमतको सम्मान गर्नुपर्छ ।”
उहाँले एनेकपा माओवादी सहित मधेसी दलका सभासद्हरुले सोमबार राति राष्ट्रिय सम्पत्तिमाथि हानिनोक्सानी हुने तथा मुलुकका शीर्षनेता तथा सभामुखमाथिको आक्रमणप्रति निन्दा गर्नुभयो ।
“सहमतिबाटै संविधान जारी गर्नुपर्छ भनेर सक्दो प्रयास गरिराख्नुभएका सभामुख सुवास नेम्वाङलाई जुत्ताले हान्ने, माइकले हान्ने काम अशोभनीय, अराजनीतिक र लज्जास्पद छ”–नेत्री भण्डारीले भन्नुभयो ।
नेपाल महिला सङ्घका अध्यक्ष डा डीना सङ्ग्रौलाले एमाओवादी र मधेसी मोर्चाका दलले लोकतन्त्रलाई कमजोर बनाउने काम गरी शीर्षनेता तथा सभामुखमाथि प्रहार गरेको प्रति भत्सर्ना गर्नुभयो ।
उहाँले संविधानसभाबाट संविधान आउने जनताको सपनालाई असफल पार्ने काम संविधानसभाकै एक ठूलो पार्टीका सभासद्बाट हुनुले राजनीतिक मूल्य, मान्यता, मर्यादा र अनुशासनको सबै सीमा नाघेकोसमेत आरोप लगाउनुभयो ।
महिला सङ्घर्ष समितिले समयमै संविधान जारी गर्न दबाबस्वरुप विभिन्न आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया