सोह्र युवती अझै बेपत्ता
इलाम, ७ माघ । दलालको प्रलोभनमा परी रोजगारीका लागि भारतीय सहरमा जाने भन्दै हिँडेका १६ युवती अझै बेपत्ता छन् ।
माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१४ मा भारतमा हराएका भनी ३३ जनाको निवेदन परेको थियो । तीमध्ये १७ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिनुभयो ।
उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाएको हो । हराएकाको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको जनाएको छ ।
अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका ३६८ जना युवतीलाई सीमाक्षेत्रबाटै परामर्श गरी घर फर्काएको छ । माइती नेपालले ६८७ जना युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । जिल्लाका सीमावर्तीका अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ ।
जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माईमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पुर्याउने गरेका छन् ।
चेलीबेटी बेचबिखन नियन्त्रण गर्न माइती नेपालले सीमावर्ती गाविसका महिलाको नेतृत्वमा गठित सञ्जाल समूहले महिलालाई भारत नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्न सुरू गरेको ढकालले बताउनुभयो ।
सीमा क्षेत्रमा रोकिएका र उद्धार गरिएका युवतीलाई माइती नेपालले सीपमूलक कार्यक्रम कम्प्युटर, सिलाइकटाइसम्बन्धी तालिम समेत दिँदै आएको छ ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया