लुम्बिनी र बुद्धको प्रचार गर्दै म्यान्मारमा फोटो प्रदर्शनी
बुटवल, ७ माघ । बुद्ध जन्मेको देश नेपाललाई विश्वमा चिनाउन रुपन्देहीका एक पत्रकार अभियानको रुपमा लाग्नुभएको छ ।
सिद्धार्थनगर नगरपालिकाका ९भैरहवा० का सञ्चारकर्मी ५० वर्षीय चेतन पन्त लामो समयदेखि बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध जीवनीमा आधारित स्थलको अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार गर्न एक अभियन्ताका रुपमा हिँडिरहनुभएको छ ।
पन्तले हाल आफ्नो अभियानअन्तर्गत म्यान्मारको राजधानी याङ्गुनमा बृहत् फोटो प्रदर्शनी सुरु गर्नुभएको छ । म्यान्मारको सबैभन्दा ठूलो गोल्डेन चैत्य स्वेडगोन प्यागोडामा फोटो प्रदर्शनी सुरु गरिएको पत्रकार पन्तले जानकारी दिनुभयो ।
उहाँले बुद्ध नेपालमा जन्मेका हुन भनेर नेपाल, लुम्बिनी र बुद्धलाई चिनाउन फोटो प्रदर्शनीमार्फत सुरु गरेको बताउनुभयो ।
स्वेडगोन प्यागोडामा दैनिक १० हजार आन्तरिक र बाह्य पर्यटक पुग्ने हुँदा करिब एक लाख जनाले फोटो प्रदर्शनीमार्फत भगवान् बुद्ध, लुम्बिनी र नेपालका बारेमा जानकारी लिने अपेक्षा गरिएको छ ।
एघार दिनसम्म चलेको फोटो प्रदर्शनीका आयोजकमा म्यान्मारस्थित नेपाली दूतावास, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिल र एनआरएन म्यान्मार रहेका छन् ।
म्यान्मारका बुद्धिस्टहरु लुम्बिनी भ्रमणमा आउने पर्यटकमध्ये चौथो स्थानमा रहेका छन् । लुम्बिनी भ्रमणमा आउनेमा सबैभन्दा बढी श्रीलङ्कन, त्यसपछि थाई तथा चीन र चौथोमा म्यान्मारका रहेका छन् ।
पत्रकार पन्तले यसअघि भारतको दिल्ली, बैंककमा दुई पटक, मलेसिया, सिङ्गापुर, अमेरिकालगायतका देशमा फोटो प्रदर्शनी आयोजना गरिसक्नुभएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया