बन्दकर्ताले प्रचण्डका सुरक्षाकर्मीलाई कुटेपछि…
६ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षार्थ लाजिम्पाटस्थित निवासमा खटिएका सशस्त्र प्रहरीले एमाओवादीकै कार्यकर्ताबाट सोमबार नयाँ बानेश्वरमा कुटाइ खाएका छन् ।
संविधानसभाबाट निस्केर सोमबार सवा ४ बजे बिजुली बजारमा कार्यकर्तालाई सम्बोधन गर्न हिँडेका प्रचण्ड कृष्णटावर नजिकै पुगेपछि उनका अंगरक्षकहरुले बन्दकर्ताको पिटाइ खाएका हुन् ।
आफ्ना सुरक्षागार्डमाथि बन्दकर्ताले नचिनेर आक्रमण गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रहरीको भ्यानमा चढेर नयाँ बानेश्वर हुँदै लाजिम्पाटतर्फ लागेका छन् । नयाँ बानेश्वरमा संविधानसभा बैठकमा भाग लिन प्रचण्ड लाजिम्पाटबाट प्रहरीकै भ्यानमा आएका थिए ।
प्रचण्डले बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम थियो । तर, कार्यकर्ता र आफ्नै अंगरक्षकवीच झडप भएपछि प्रचण्ड कार्यक्रमस्थल छेउमै पुगेर फर्किए । सशस्त्रका जवानले आफू घाइते भएर प्रचण्डलाई ढुंगाले लाग्नबाट जोगाएका थिए । झडपका क्रममा एमाओवादी सभासद जनार्दन शर्मा र अनिता परियार लगायत थप केही घाइते भएका थिए ।
संविधानसभाबाट विजुली बजारमा पुल छेऊमा राखिएको माइकसम्म पुगेर प्रचण्ड र बाबुरामले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । दुबै पूर्वप्रधानमन्त्रीहरु आफ्ना कार्यकर्ता छेऊमा पुग्दा भाषण गर्ने ठाउँसम्म बन्दकर्ताको भीडले ढाकिएको थियो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया