श्रीलङ्काली नयाँ प्रधानमन्त्रीको तमिललाई थप स्वायत्तपना प्रदान गर्ने बचन
कोलम्बो, ६ माघ । श्रीलङ्काका नयाँ सरकारले मङ्गलबार मुलुकको तमिल अल्पसङ्ख्यकलाई शक्ति प्रदान गर्ने बचन दिएको छ । सेनाको आक्रमणबाट छ वर्ष अगाडि पृथकतावादी विद्रोह अन्त्य भएपछि यसलाई राष्ट्रिय मेलमिलापको नयाँ पाइलाको रूपमा लिइएको छ ।
प्रधानमन्त्री रणिल विक्रमसिङ्घेले पदभार ग्रहण गरेपछि संसदलाई पहिलोपटक सम्बोधन गर्दै सरकारी सेना तथा तमिल टाइगर विद्रोहीबीच सन् २००९ मा सङ्घर्ष अन्त्य भएपछि सांसदहरूले राजनीतिक निष्कर्ष दिनुपर्ने बताउनुभयो ।
आलोचकहरूले यस अघिको सरकारले यस द्वीप मुलुकमा द्वन्द्वको कारण बनेको जातीय विभाजनलाई समाधान गर्न असफल भएको बताएका छन् । यस मुलुकमा सिंहाली बहुसङ्ख्यकको शासनमा परम्परागत रूपमा प्रभुत्व रहेको छ ।
प्रधानमन्त्री विक्रमसिङ्घले आफ्नो सरकारले सन् १९८७ मा संविधानमा भएको संशोधनलाई पुनस्र्थापना गर्ने बताउनुभयो । त्यसले तमिल प्रभावित उत्तरी तथा पूर्वी भागमा सङ्घीय व्यवस्था गर्नेछ ।
मुलुकको प्रमुख तलिम राजनीतिक दल तमिल नेसनल एलायन्सले आफूलाई पृथक राज्यको मागबाट पर राखी शक्ति साझेदारी स्वकिार गरेको छ ।
श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापक्षे कट्टरपन्थी सिंहाली राष्ट्रवादी हुनुहुन्थ्यो र उहाँ सन् २००५ मा तामिल विद्रोहीसँग सम्मानित शान्तिको बचन दिँदै शासनमा पुग्नुभएको थियो । पछि त्यहाँ युद्ध भयो ।
उहाँले असीमित सैनिक आक्रमणको आदेश दिनुभयो र त्यसबाट ३७ वर्ष लामो पृथकतावादी युद्ध अन्त्य भयो । यसपछि उहाँको सेनामाथि ४० हजार तमिल नागरिक मारेको आरोप लाग्यो । यी आरोपलाई उहाँले अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्री विक्रमसिङ्घलेले जनवरी ८ मा राष्ट्रपति पदको निर्वाचनपछि संसदको पहिलो अधिवेशनमा प्रमुख संस्थालाई स्वतन्त्र बनाउन निकै कानुनमा संशोधन गर्ने बताउनुभयो ।
उहाँले सरकारले प्रहरी, सार्वजनिक सेवा, न्यायपालिका तथा निर्वाचन विभाग सञ्चालन गर्न स्वतन्त्र आयोग बनाउने बताउनुभयो ।
उहाँले सूचनाको अधिकार कानुन पारित गर्ने तथा राष्ट्रपतिमा रहेको धेरै कार्यकारी अधिकार संसदमा हस्तान्तरण गर्ने बताउनुभयो । यस्तै बचन नयाँ राष्ट्रपति मैत्रीपाला सिरिसेनाले निर्वाचन अभियानमा दिनुभएको थियो ।
वर्तमान संसद अप्रिलमा विघटन हुनेछ र त्यसले नयाँ निर्वाचन गर्ने बाटो खोल्नेछ । रासस/एएफपी
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया