तोडफोडको सरकारद्वारा भत्र्सना
काठमाडौँ, ६ माघ । सरकारले गएराति संविधानसभाको बैठकमा एकीकृत नेकपा माओवादीलगायत मोर्चामा आबद्ध सभासद्बाट भएको अमर्यादित, उद्दण्ड र हिंसात्मक क्रियाकलापको भत्र्सना गरेको छ ।
सरकारका तर्फबाट प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–‘जनताले छ दशकको अथक प्रयास र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधानसभा जनताको भवनाको प्रतिनिधित्व गर्दै छलफल, बहस सहमति÷असहमति र विचार–विमर्शको लोकतान्त्रिक विधि र प्रक्रियाका माध्यमबाट टुङ्गोमा पुग्ने थलो हुँदैहुँदै पनि अमर्यादित व्यवहार देखाउँदै तोडफोडमा उत्रनु निन्दनीय कार्य हो ।’
विज्ञप्तिमा मन्त्री रिजालले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारीलगायत विधि र प्रक्रियाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान बनाउन प्रतिबद्ध राजनीतिक दलका नेता तथा सभासद्हरुमाथि गरिएको भौतिक आक्रमण अत्यन्त घृणित र निन्दनीय कार्य भएको बताउनुभएको छ ।
सरकार र यसमा आबद्ध दलहरुको प्रतिबद्धताअनुसार लोकतान्त्रिक विधिबाट संविधान निर्माण गर्ने बताउँदै उहाँले जस्तोसुकै बाधा, व्यवधान र चुनौती आइपरे पनि कर्तव्य पूरा गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभएको छ ।
संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्ने राजनीतिक दललाई बन्द हडतालजस्ता जनतालाई दुःख दिने कार्य बन्द गरी नेपाली जनताले दिएको जिम्मेवारी बोध गर्दै तत्काल शान्तिपूर्ण र मर्यादित ढङ्गले लोकतान्त्रिक संविधान निर्माणमा जुट्न सरकारले आह्वानसमेत गरेको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया