संविधासभामा भएको घटना षड्यन्त्रपूर्वक : प्रधानमन्त्री
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीसहितको मोर्चाले संविधानसभाको बैठकमा गरेको आक्रमण षड्यन्त्रपूर्वक भएको बताउनुभएको छ ।
संविधानसभाको बैठकपछि नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सत्तापक्ष सभासद्लाई सम्बोधन गर्दै उहाँले सत्ता पक्षले संयमता अपनाएका कारण ठूलो क्षति नभएको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हिजोको घटना षड्यन्त्रपूर्वक भएको हो, हाम्रो संयमताका कारण थप क्षति हुन पाएन ।” उहाँले मुलुक प्रगतितर्फ उन्मुख भएकाले संविधान दिनुपर्नेमा जोड दिनुभयो ।
एनेकपा९माओवादी०ले पटक–पटक कुरा फेरेका कारण सहमति गर्न अप्ठ्यारो परेको स्पष्ट पार्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “एमाओवादी कुरा फेर्न माहिर छन्, रातारात कुरा बदल्दा सहमति गर्न समस्या भयो ।”
संविधान जारी गरेर शान्ति र समृद्धिको बाटोमा नेपाल अगाडि बढोस् भन्ने अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सदीक्षा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हामी शान्ति, समृद्धि र विकासका लागि अघि बढ्नुपर्छ, यही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाहना हो ।”
देशको साधन स्रोतको सदुपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक स्थायित्व कायम गरेर विद्यमान बेरोजगारीको अन्त्य गर्न पनि संविधान आवश्यक भएकाले त्यसतर्फ सबैको ध्यान जानै पर्ने बताउनुभयो ।
सोही अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो संविधानसभामा भएको तोडफोडको भत्र्सना गर्दै संविधान जारी गरेर देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले सत्तारुढ दलसँगको एकतालाई अझ बजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिँदै यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुनेतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले संविधान नबन्ने हो कि भन्ने निराशालाई आशामा परिणत गर्नुपर्नेमा जोड दिँदै असहज अवस्थामा सबैलाई देशको पक्षमा एकताबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया