दलहरू एकैठाउँमा उभिनोस्: सभाध्यक्ष नेम्वाङ
इनेप्लिज
२०७१ माघ ६ गते १२:५४ मा प्रकाशित
काठमाडौँ, ६ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखन कार्यमा सहमति जुटाएर अगाडि बढ्न राजनीतिक दलहरूबीच वार्ता आवश्यक भएको बताउँदै दलहरूलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।
संविधानसभा भवनमा पत्रकारसँगको भेटमा आज उहाँले देश र जनतामा थप नोक्सानी हुन नदिन वार्तामा बस्नुको विकल्प नहरेको बताउनुभएको हो ।
यसैबीच संविधानसभामा हिजो तोडफोड हुँदा भएको क्षतिका विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न संविधानसभा सचिवालयलाई आफूले निर्देशन दिएको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
संविधानसभामा हिजो भएको तोडफोडका चार मर्यादापालक गम्भीर घाइते हुनुका साथै २० जना अरु घाइते भएका थिए । सभाको टेबल, कुर्ची, माइक, टेलिफोनलगायतका सामग्रीको तोडफोड भएको थियो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया