आइसिसी क्रिकेटमा क्यानाडाद्वारा नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, ६ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा क्यानाडाले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नामिबियास्थित विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनको सामान्य योगफल तयार गर्यो ।
क्यानाडालाई ११४ रनमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले पाँच विकेट लिए । उनले खेलको १० ओभरमा बलिङ सुरु गर्दै २६ रन खर्चँदै पाँच विकेट लिएका हुन । केसीले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
त्यसैगरी, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए । क्यानाडाका लागि भने धिनदसाले सर्वाधिक २५ रनको योगदान दिए भने हनसराले २२ रन जोडे ।
त्यस्तै, क्यानाडाका अर्का व्याट्स्म्यान दुत्तले २०, गुनस्केराले १२, देसाईले ११ र हमज तारिकले १० रन जोडे । अहिले नेपाल जवाफी व्याटिङमा उत्रेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया