शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

झडपमा एनेकपा माओवादीका नेता जनार्दन शर्मा घाइते

इनेप्लिज २०७१ माघ ६ गते ११:५६ मा प्रकाशित

janardan-finalकाठमाडौं, ६ माघ । बन्दमा उत्रिएका एनेकपा माओवादी सहितको मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको दोहोरो झडपका क्रममा एनेकपा माओवादीका नेता जनार्दन शर्मा घाइते हुनुभएको छ ।

संविधानसभा बैठक स्थगित भएसँगै संविधानसभा भवन नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेका एनेकपा माओवादी सहित विपक्षी दलका नेताहरुलाई लिन हिडेका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिजुलीबजार पुलमा भएको दोहोरो झडपका क्रममा शर्मालाई टाउकोमा चोट लागेको हो ।

उक्त क्रममा दुई जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया