अवरोध छिचोलेर संविधान निर्माण प्रक्रिया अघि बढ्छः एमाले
काठमाडौँ, ६ माघ । नेकपा एमालेले संविधानसभाबाट नयाँ संविधान बनाउने आफ्नो प्रतिबद्धताबाट पार्टी विचलित नहुने जनाएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न स्थायी कमिटीको बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले संविधानसभामा नियोजित रुपमा कुुर्ची तोडफोड र नेतामाथि आक्रमण भएको आफूहरुको ठहर रहेको भन्दै घटनामा संलग्नलाई तत्काल कारबाही गर्न र दोषीबाटै क्षतिपूर्ति भराउन माग गर्नुभयो ।
उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सभासद् ऋषिकेश तिवारीलाई एमाओवादी र मधेसवादी दलका सभासद्ले योजनाबद्ध रुपमा प्रहार गरेको पाइएको बताउँदै घटनालाई घृणित, जङ्गली, असभ्य, अलोकतान्त्रिक, अराजक, जनताको सार्वभौमसत्तामाथिको प्रहार र अमानवीय कार्यको सङ्ज्ञा पनि दिनुभयो ।
संविधानका अन्तरवस्तुमा सहमतिका लागि पार्टीले लचकता देखाउँदै आए पनि एमाओवादीले समय गुजारेर संविधानसभालाई असफल बनाउने षडयन्त्र गरेकाले पार्टीले त्यस्तो योजना पूरा हुन नदिने ठहर बैठकले गरेको सचिव ज्ञवालीले बताउनुभयो ।
एमाओवादीलाई आत्मघाती बाटोबाट फर्काउन र प्रक्रियाबाट भए पनि संविधान ल्याउन पार्टीले सबै प्रकारका उपाय गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ ।
सचिव ज्ञवालीले आजको संविधानसभाको बैठकले सबै अवरोधलाई छिचोलेर प्रश्नावली समिति गठनको प्रस्ताव अघि बढाउने पनि स्पष्ट गर्नुभयो ।
यस्तै आजको बैठकमा भाग लिन आउनुभएका पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा चढ्नुभएको सवारी साधनमाथि पनि योजनाबद्ध आक्रमण गरिएको उहाँले बताउनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया