बन्दकर्ताले परीक्षा बिथोले
बुटवल, ६ माघ । एकीकृत नेकपा माओवादी, मधेसी मोर्चासहितको ३० दलीय मोर्चा र नेकपा–माओवादीका साथै आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आज आह्वान गरेको बन्दका अवस्थामा बन्दकर्ताले बुटवलस्थित कान्ति उच्च माविमा सञ्चालन भइहेको परीक्षा बिथोलेका छन् ।
बन्दका कारण यहाँ साना ठूला सबै सवारीसाधन ठप्प तथा शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय आदि बन्द छन् । पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गका चोक चोकमा बन्दकर्ता सडक अवरोध गरिबसेका छन् । अहिलेसम्म कुनै प्रकारको अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि भैरहवा, बुटवललगायत सहरमा बन्दकर्ताले नारा जुलुस गर्दै बन्दलाई समर्थन गर्न आग्रह गर्दै हिँडेका छन् ।
यसैबीच उद्योग वाणिज्य सङ्घ बुटवलले विज्ञप्ति प्रकाशन गरी बन्दहड्ताल नगर्न आग्रह गरेको छ । बन्दहड्तालले मुलुकको समग्र विकास र राष्ट्रिय अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने उल्लेख गर्दै दिगो शान्ति र समृद्धितर्फ लाग्न सबैमा अनुरोधसमेत गरिएको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया