प्रहरी कारबाहीमा सात तालिवान मारिए
काबुल, ५ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले तालिवानीविरुद्ध जारी राखेको कारबाहीमा परी कम्तीमा सात जना व्यक्ति मारिएका छन् ।
सोमबार बिहान जारी रहेको यस कारबाहीको क्रममा चार आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएका छन् ।
अफगानिस्तानको पूर्वी नान्र्गाहार प्रान्तको खोग्यानी जिल्लामा सोमबार बिहान अफगान सुरक्षा बलले हवाई शक्तिको समेत सहयोगमा तालिवानी आतङ्ककारी लुकेर बसेको इलाकामा गरेको आक्रमणमा चार आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य एक घाइते भएको छ ।
त्यसैगरी पूर्वी लाघमान प्रान्तमा सैनिकको सवारीसाधन लक्षित एक सडक किनारको बम विस्फोटमा परी दुई अफगान सैनिकको मृत्यु हुनुको साथै एक घाइते भएका छन् ।
यसैबीच पूर्वी खोस्त प्रान्तको प्रान्तीय सहर खोस्तमा भएको एक रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका छन् । सो आक्रमणमा पर्ने सबै सर्वसाधारण नागरिक भएको बताइएको छ ।
यस कारबाहीको क्रममा सुरक्षा बलले भारी मात्रामा हातहतियारसमेत कब्जा गरेका जनाइएको छ ।
नेटो सैनिकले अफगानिस्तान छोडेपछि हालैका दिनमा त्यहाँको सेना र प्रहरीले तालिवानविरुद्धको कारबाहीलाई अघि बढाएको छ । सो कारबाहीमा तालिवानहरू मारिने गरेका छन् ।
यसै वर्षको जनवरी १ देखि अफगान राष्ट्रिय सुरक्षा बलले अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा लिएका छन् । त्यसयता पनि सुरक्षा बलले कारबाहीको शृङ्खलालाई निरन्तरता नै दिएको छ ।
गएको १३ वर्षदेखि अफगानिस्तानको शान्तिका लागि खटिइआएको नेटो सैनिकले यही जनवरी १ देखि बिदा लिइसकेको छ ।
जनवरी १ बाट अफगानिस्तानमा बाँकी रहेका केही अमेरिकी सैनिकको भूमिका योद्धाका रूपमा नरही तालिम प्रदायक वा सहजकर्ताका रूपमा रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार दक्षिण एसियन यस राष्ट्रमा सन् २०१४ मा मात्र तालिवानसँग आबद्ध आतङ्क र द्वन्द्वको कारण करिब १० हजार सर्वसाधारणको मृत्यु र घाइते भएका छन् । रासस/सिन्ह्वा
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया