सहमति जुटाउन प्रमुख दल असफल
काठमाडौँ, ५ माघ । प्रमुख राजनीतिक दल संविधानका विवादित विषयमा सहमति जुटाउन असफल भएका छन् ।
आज साँझ संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख दलको बैठकमा कुनै पनि सहमति हुन नसकेको बैठकपछि नेताहरूले जानकारी दिनुभएको छ । संविधानका मूलभूत विषयमा सहमति नजिक पुगेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेताहरु आज साँझ भने सहमति हुन सकेन भन्दै बाहिरिएका छन् ।
बैठकपछि एकीकृत नेकपा९माओवादी०का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको अन्तिम प्रयास असफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहमतिबाटै संविधान जारी गर्न अन्तिम प्रयत्न जारी रहेको बेला सत्ताधारी दलका तर्फबाट जुन व्यवहार प्रदर्शन गरियो, त्यसले ‘हिस्टोरिक ब्लन्डर’ भएको छ ।’’ उहाँले सहमतिका लागि गरिएको प्रयत्न असफल भएको बताउनुभयो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहमतिबाटै संविधान जारी गर्न आफूहरूले दुई दिनको समय मागेको भए पनि सत्तारुढ दल त्यसका लागि तयार नभएको बताउनुभयो । अब के हुन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘मुलुक अब द्वन्द्वमा गयो ।’’
प्रमुख दलको बैठक असफल भएपछि यतिखेर कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संविधानसभा भवन आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया