विश्व मञ्चमा कृषिमन्त्री
इनेप्लिज
२०७१ माघ ५ गते १५:५७ मा प्रकाशित
काठमाडौँ, ५ माघ । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले जर्मनीका खाद्य तथा कृषिमन्त्री क्रिस्टियन सिमिडको मैत्रीपूर्ण निमन्त्रणामा बर्लिनमा सम्पन्न ‘खाद्य तथा कृषिका लागि विश्व मञ्च’अन्तर्गतको मन्त्रिस्तरीय भेलामा भाग लिई स्वदेश फर्कनुभएको छ ।
यही माघ १–३ गतेसम्म भएको सातौँ बर्लिन भेलामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै मन्त्री पराजुलीले जर्मनीका खाद्य तथा कृषिमन्त्री, इजिप्टका कृषिमन्त्री, चीनका कृषि उपमन्त्री, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकलगायत अन्य सहभागी मुलुकका प्रतिनिधिसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।
कृषिको विविधीकरणले खाद्य सुरक्षामा पार्ने प्रभाव र उपलब्ध अवसरको सम्बोधनमा केन्द्रित उक्त भेलामा ६२ देशका मन्त्रीको उपस्थिति रहेको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया