जनता सचेत भएमा भ्रष्टाचारी आफैं समाप्त हुन्छन् : मन्त्री पण्डित
भद्रपुर, ५ माघ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालको विकासमा गुणस्तरको कमी रहेको बताउनुभएको छ ।
भद्रपुर नगरपालिकाको २१ औँ नगर परिषद्बाट पारित आर्थिक वर्ष २०७२/७३ को बजेट नीति तथा कार्यक्रम पुस्तिकाको आज यहाँ लोकार्पण गर्दै उहाँले आफ्नो कर्तव्य पालना गरेर गौरवान्वित बन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभयो ।
कमजोर सोचले मुलुकको समग्र विकास नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले हरेक राष्ट्रसेवकमा आत्मगौरव एवम् निष्ठा भएमा नेपाल बनाउन समय नलाग्ने ठोकुवा गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारमा रहेका ३५ लाख युवालाई स्वदेशकै काममा फर्काउन नसकेमा नेपाल वृद्धवृद्धाको देश मात्र हुने स्पष्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भद्रपुर नगरपालिकाले आम नागरिकलाई अनुभूति हुने किसिमको विकास योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय विकास अधिकारी फणिन्द्र दाहालले आर्थिक वर्ष २०७२/७३ का लागि कुल रु १२ करोड ५० लाखको अनुमानित आय–व्यय प्रस्तुत गर्दै यसमा प्रशासनिक खर्च १५.७२ प्रतिशत र कार्यक्रम तथा विकास खर्च ८४.२८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया