मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:४०
वासिङटन डिसी 00:55

प्रमुख दलको बैठक जारी, आशा गरौँ सहमति हुन्छ: उपाध्यक्ष भण्डारी

इनेप्लिज २०७१ माघ ५ गते १०:२१ मा प्रकाशित

;+ljwfgsf ljjflbt ljifodf ;xdlt h'6fpgsf nflu ;f]daf/ ;+ljwfg;ef kl/;/df a;]sf] rf/ bnsf] a}7skl5 ;~rf/sdL{x?nfO{ ;+lIfKt hfgsf/L lb+b} g]skf -Pdfn]_sf pkfWoIf ljBfb]jL e08f/L . tl:a/ M /Tg >]i7, /f;;काठमाडौँ, ५ माघ । संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि विहानदेखि बसेको चार दलको बैठकमा हालसम्म कुनै पनि विषयमा औपचारिक सहमति भएको छैन ।

संविधानसभा भवन नयाँ बानेश्वरमा जारी प्रमुख राजनीतिक दलको बैठकमा विवादित सबै विषयमा सहमति जुटाउने प्रयत्न जारी रहेको भए पनि हालसम्म कुनै पनि ठोस सहमति नभएको नेताहरुले जानकारी दिनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले आइतबारको छलफल धेरै सकारात्मक भएको अनुभव गरिए पनि आजको बैठक आशा गरेअनुरुप गाँठो फुक्न नसकेको प्रतिक्रिया दिनुभयो ।

शासकीय स्वरुपमा सत्ता पक्षले ल्याएको प्रस्तावमा एमाओवादीले अवरोध नगर्ने भन्ने कुरा गरेको तर प्रक्रियामा लैजानका लागि सङ्घीयताको विषय छिनोफानो नभई प्रक्रियामा अगाडि बढ्न नसकिने भन्ने उहाँहरुको भनाइ रहेको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो “आशा गरौँ सबै विषयमा सहमति हुनेछ ।”

यस्तै एमालेका अर्का नेता माधवकुमार नेपालले सबै विवादित विषयमा छलफल जारी रहेको भन्दै केही न केही सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको सहभागिता रहेको छ । एकीकृत नेकपा ९माओवादी०का महासचिव कृष्णबहादुर महराले सहमतिका लागि प्रयास भइरहेको तर हालसम्म कुनै पनि सहमति नभएको जानकारी दिनुभयो । उहाँले सहमति नभएसम्म सहमति भयो भनेर बाहिर प्रचार गरिनु राम्रो नहुने उल्लेख गर्नु भयो ।

“जुन विषयमा सहमति भएको छ, त्यो विषय अगाडि बढ्छ, अरु विषयमा सहमतिका लागि प्रयास जारी रहन्छ”, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो ।

प्रमुख दलको बैठक आज दिउँसो २ः३० बजेसम्मका लागि स्थगित भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।

प्रतिक्रिया