संविधानसभाको बैठक प्रभावित
काठमाडौँ, ५ माघ । संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधानसभाको बैठक प्रभावित भएको छ ।
आज १ बजेका लागि बोलाइएको संविधानसभाको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार ४ः३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सो बैठकपछि मात्रै संविधानसभाको बैठक बस्ने छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल सकिएको र आजको बैठकमा सो समितिका सभापति डा बाबुराम भट्टराईले जवाफ दिने कार्यक्रम रहेको छ ।
आज बिहानदेखि संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख दलको बैठकमा कुनै पनि सहमति नभएपछि १ बजेका लागि बोलाइएको बैठक चार घन्टा पर सारिएको हो ।
दिउँसो २ः३० बजे प्रमुख दलको बैठक बस्ने र सोही बैठकका आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकालेर अगाडि बढ्ने तयारी सचिवालयले गरेको छ ।
प्रमुख दलको बैठकपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकको आधारमा संविधानसभाको बैठक अगाडि बढाउने तयारी गरिएको सचिवालयले जानकारी दिएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया