काठ तस्कर पक्राउ

इनेप्लिज २०७१ माघ ५ गते ६:५९ मा प्रकाशित

kaath-taskariगौशाला, ५ माघ । भारततर्फ चोरी निकासी गरी लैजान लागेको ३१ थान साखु जातको फर्निचर र ट्याक्टरसहित महोत्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाविस– ३ बस्ने निरञ्जन यादव, इन्दल मण्डल र खुट्टापिपाढी– ८ बस्ने विकास यादव रहेको इलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ ।

प्रहरी गस्ती टोलीले ज१त ६१७२ नम्बरको ट्याक्टरमा साखुको ढोका, चौकोस १० थान, झ्याल नो थान, चौकोस कडी १२ थान गरी ३१ थान सामान लगिरहेको अवस्थामा लोहारपट्टी–४ स्थित रातो खोलाको बगरबाट शङ्कास्पद अवस्थामा आइतबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

सो काठको बजार मूल्य रु पाँच लाख रहेको छ । पक्राउ गरिएका तीनैजना काठ तस्कर, काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि इलाका वन कार्यालय माईस्थानमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया