चार दल बैठक बानेश्वरमा जारी
काठमाडौँ, ५ माघ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताबीचको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा जारी रहेको छ ।
संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासस्वरुप शीर्ष नेताहरुले केही दिनदेखि निरन्तरता दिदै आएका छन् ।
खासगरी सङ्घीयता, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा दलहरुबीच गम्भीर मतभेद रहे तापनि पछिल्लो समय सहमतिको नजिकमा पुगेको नेताहरुले प्रतिक्रिया दिन थालेका छन् । न्यायप्रणाली, निर्वाचन प्रणाली र शासकीयस्वरुपका विषयमा दलहरु सहमतिको निकै नजिक पुगिसकेको बताइएको छ ।
संविधान लेखनको विषयलाई अघि बढाउने क्रममा देखिएको सङ्घीयतासम्बन्धी जटिलतालाई पनि फुकाउन अब चाँडै नै सक्षम हुने शीर्ष नेताहरुले प्रतिक्रिया दिएका छन् ।
आजको चार दलको बैठकमा सहमतिका लागि मार्गको पहिचान गरेर त्यसलाई टेकेर अघि बढने सहमति भएको वार्तामा रहनुभएका अर्थमन्त्री डा रामशरण महतले जानकारी दिनुभयो ।
आज दिउँसो बस्ने संविधानसभाको बैठक अघि दलहरुले सहमतिको लागि अघि बढने स्पष्ट बाटो तय गर्ने छन् उहाँले भन्नुभयो ।
अहिले चारदलको बैठक केही क्षणका लागि स्थगित भएको र दलहरु आन्तरिक र दुई पक्ष वार्ताको क्रममा रहेको बताइएको छ । सो क्रममा एनेकपा माओवादी र मधेसवादी तथा नेपाली काँग्रेस र नेकपा ९एमाले०बीच वार्ता चलिरहेको छ ।
बैठकमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षका साथै प्रमुख तीन दल र मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया